काठमाडौं- दशैंमा मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ ।
यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते, अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) का अवसरमा मनकामना केबलकार प्रालिले केबलकार सेवा सञ्चालन नगर्ने भएको हो । यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले यसप्रति क्षमाप्रार्थी रहेको कम्पनीले जानकारी गराएको छ ।
नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने मनकामना केबलकार प्रालिले जनाएको छ। कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
वडादशैंको अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेको छ ।
प्रतिक्रिया