काठमाडौं - जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिको सम्बन्धमा धारणा सार्वजनिक गर्न नेकपा(माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गरेको छ । आन्दोलनको सुरुवाति दिनमा निकै उत्साहित रहेका माओवादी संयोजक माओवादी केन्द्का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’मा केही निराशा र आशंकाहरु देखिएको पाइन्छ । उक्त पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहासकै ठुलो वैदेशिक दबाब र हस्तक्षेपको महसुस गरिरहेको बताएका छन् ।
काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बताए ।
उनले भने, ‘सबै राजनीतिक दल नागरिक समाज, प्रेस जगत् सबै हिजो राजनीतिक परिवर्तनको निम्ति एक भएर आवाज उठाएका थियौँ । त्यसबाट संविधान सभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा हामी आएका थियौँ ।’
उनले आज फेरि गम्भीर विचार विमर्शसहित देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाको लागि एक हुनुपर्ने आवश्यकता उत्पन्न भएको बताए । विगतको समीक्षा र आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा प्रचण्डको जोड थियो ।
सरकार बनेको एक महिनापछि राजनीतिक दलहरु सक्रीय हुन थालेका छन् । यस बीचमा नेपाली कांग्रेसले आगामी महाधिवेशनबारे छलफल गर्न पार्टीको बैठक गरेको छ भने एमालेले पनि सचिवालय बैठक गरिरहेको छ । अध्यक्ष ओलीले भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा वर्तमान सरकारका बिरुद्ध तीखो छेडखानी गरेका थिए । एमाले र कांग्रेसले फागुन २१ को निर्वाचन अस्विकार गर्ने संकेत गरेका छन् भने माओवादी निर्वाचनमा जाने बताइरहेको छ ।
प्रतिक्रिया