पत्रकार किशोर श्रेष्ठको ईश्वर पोखरेललाई कटाक्ष- एमाले जबजको बाटोतिर लागेको छ र कमरेड !

शनिबार, २५ असोज २०८२, ०७ : २०

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीमा भूमिकाविहीन बनाइएको भन्दै केपी ओलीको एकल नेतृत्वमा चलेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पोखरेल आफ्नो पुरानो साथी भएको र जतिसुकै नोँकझोँक चलेपनि दशैंमा एक दिन पोखरेलले आफूलाई सँगै खाना खुवाउने गरेको उल्लेख गरेका छन् ।

उनले एमालेमा पोखरेल लगायत अन्य ६ जना उपाध्यक्ष र दुई जना उपमहासचिवलाई पार्टीमा कुनै भूमिका नरहेको र ओलीको मनोमानी चलेको बताएका छन् । पत्रकार श्रेष्ठले मदन भण्डारीद्वारा प्रस्तुत जबजको आदर्श र प्रतिष्पर्धामार्फत श्रेष्ठता स्थापित गर्ने बाटोतिर लागेको छ र कमरेड भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेललाई कटाक्ष गरेका छन् । 

उनले लेखेका छन्, ‘तपाईंहरुलाई वरिष्ठ उपाध्यक्षका नाममा थपना बनाइएको एकल प्रवचन साँझ चल्ने पार्टी अचेल कहाँ मदन भण्डारीद्वारा प्रस्तुत जबजको आदर्श र प्रतिष्पर्धामार्फत श्रेष्ठता स्थापित गर्ने बाटोतिर लागेको छ र कमरेड १ यति धेरै अपारदर्शिता अन्त कहीं छ भने त्यो अहिले तपाईंहरुभित्रै छ । असंख्य अपमान,छोइछिटो,अनैतिकहरुलाई आराम,प्रश्न उठाउनेहरुका आगामी प्रगतिपथमा पूर्णविराम(यी र यस्ता रामकहानी,कथा ब्यथा त अरुभन्दा बढी ६ जना भुक्तभोगी उपाध्यक्ष,२ जना उपमहासचिव र निलम्बित १ ९टोपबहादुर रायमाझी० बाहेक ६ जना सचिवलाई नै थाहा होला ।’

 

शनिबार, २५ असोज २०८२, ०७ : २०

प्रतिक्रिया