आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सभापति देउवा सार्वजनिक हुने

मंगलबार, २८ असोज २०८२, ११ : ०६

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमाकुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । सोही आक्रमणसँगै घरमा आगजनी गरिएपछि उनीहरु अज्ञात स्थानमा बस्दै आएका छन् ।

 
 
मंगलबार, २८ असोज २०८२, ११ : ०६

प्रतिक्रिया