काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यालयमा पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते घाइते भएका देउवा त्यसपछि पहिलो पटक मंगलबार पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।
बूढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएका देउवा त्यसपछि सार्वजनिक भएका थिएनन् । आज सार्वजनिक भएका देउवाले पार्टी बैठकलाई सम्बोधन गरे भने त्यसलगत्तै बैठक स्थगित गरिएको छ ।
मंगलबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताका अधिकारका लागि आफूले विभिन्न समयमा गरेको संघर्षसमेत स्मरण गराए ।
सभापति देउवाले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा अन्तरिम सरकार गठन भएर प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए पनि चुनावका लागि आवश्यक वातावरण बन्न नसकेको प्रस्ट पारे ।
प्रतिक्रिया