काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रकारले केही समययता आफूविरुद्ध फैलाइएको भ्रम बारे एक भिडियो सन्देश जारी गर्दै प्रष्ट पारेका छन् । उनले मंगलबार एक भिडियो सन्देश जारी गर्दै पार्टीे पुननिर्माणको बहस विगत दुई वर्षदेखि पार्टीभित्र उठाएको र त्यसलाई विषयान्तर गर्न अनेकौं अफबाह फैलाइएको बताएका हुन् ।
'केही दिनदेखि मेरो बारेमा विभिन्न माध्यमबाट भ्रामक प्रचार गरिएको अवस्था मैले पाएको छु। म यसको गम्भीर खण्डन गर्छु । मैले पार्टीको पुनर्गठन, रूपान्तरण र शुद्धीकरणका विषयमा विगत दुई वर्षदेखि बहस गर्दै आएको छु, तर यस बहसलाई डाइभर्ट गर्नका लागि झूटा समाचारहरू फैलाइएका छन्।’, शर्माको प्रष्टोक्ति छ ।
शर्माले आफ्नो सम्पत्तिको विषयमा पनि तथ्यहीन अफबाह फैलाइएको बताएका छन् । उनले आफ्ना सन्तान विदेशमा रहेको आरोप पनि निराधार रहेको प्रष्ट पार्दै दुबै सन्तान नेपालमै रहेको जनाएका छन् ।
प्रतिक्रिया