सभामुख घिमिरेले थाले राजनीतिक दलसँग छलफल

बुधबार, २९ असोज २०८२, १० : ०६

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र  राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको छ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन् ।

सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको छ । 

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् ।  त्यस्तै, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन् ।


 

 
बुधबार, २९ असोज २०८२, १० : ०६

प्रतिक्रिया