माओवादीमा आन्तरिक किचलो बढ्दो, निवर्तमान सचिव गणेश साहले पनि पार्टी छाडे

विहीबार, ३० असोज २०८२, ११ : १३

काठमाडौं– नेकपा(माओवादी केन्द्र)मा आन्तरिक किचलो बढ्दै जाँदा नेताहरुले पार्टी छाड्ने क्रम निकै सुरु भएको छ । माओवादी शान्ति प्रक्रियामा आएयता पार्टी विभाजन हुने क्रम अझै रोकिएको छ । यसैगरी पछिल्लो समय केन्द्रीय सचिव रहेका गणेश साहले समेत माओवादी केन्द्र परित्याग गरेका छन् ।

उनले माओवादीको कुनै जिम्मेवारीमा नरहेको बताउँदै अबदेखि कर्तै पनि नलाग्ने घोषणा गरेका छन् । बिहीबार आजको अर्थसँग कुरा गर्दै माओवादी सचिव रहेका साहले अब पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेर स्वतन्त्र बस्ने जानकारी दिए । 

उनले माओवादीभित्र मौलाएको व्यक्तिवादी चिन्तन र पार्टी एकताबाट समाहित भएकाहरुप्रति उपेक्षा गर्ने प्रवृत्तिले पार्टी छाडेको बताए । उनले भने, ‘पार्टीभित्रको व्यक्तिवाद र एकता प्रक्रियाबाट आएकाहरुप्रति असमान व्यवहारले पार्टीमा रहन सकिनँ’

साह नेकपा(संयुक्त)बाट माओवादी केन्द्रसँग एकता गरेर आएका हुन् ।

पछिल्लो समय माओवादी केन्द्रमा संयोजक प्रचण्डको एकाधिकार विरुद्ध नेतृत्व परिवर्तनको बहसले तीव्रता लिएको छ । नेता जनार्दन शर्माले विगत दुई वर्षदेखि पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको बहस उठाइरहेका छन् । 

 

  

 
विहीबार, ३० असोज २०८२, ११ : १३

प्रतिक्रिया