एमाले केन्द्रीय समिति बैठक

अध्यक्ष ओलीको विशेष प्रस्ताव पारित, उपाध्यक्षद्वय शाक्य र ज्ञवालीको फरक मत

शुक्रबार, ३१ असोज २०८२, १९ : ०१

काठमाडौं- नेकपा एमालेको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ । पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै राजधानीको जावलाखेलमा बैठक सम्पन्न भएको हो ।

असोज २९ पहिलो दिन आफ्नो विशेष प्रस्ताव पेस गर्दै ओलीले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

यसैबिच नेकपा ओलीको प्रस्तावमाथि उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावमाथि असहमति जनाउँदै शाक्य र ज्ञवालीले फागुन २१ गतेको चुनावमा केन्द्रित भएर पार्टी अगाडि बढ्नुपर्ने धारणा राखे । 

शुक्रबार, ३१ असोज २०८२, १९ : ०१

प्रतिक्रिया