निर्वाचन आयोगमा दल दर्ता गर्दै विप्लव

मंगलबार, ११ कार्तिक २०८२, १२ : ५४

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।

लामो समयदेखि निर्वाचनमा भाग नलिएर संघर्ष गर्दै आएको नेकपा अन्ततः चुनावी प्रयोगजनका लागि निर्वाचनमा आयोगमा दर्ताका लागि मंगलबार जान लागेको हो । 

पार्टी महासचिव विप्लवको नेतृत्वमा आज निर्वाचन आयोग पुगेर दल दर्ता गर्न लागेको नेकपाले जनाएको छ । नेकपा या अन्य नामबाटै भएपनि आजै दल दर्ता गरिने प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् ।

 
मंगलबार, ११ कार्तिक २०८२, १२ : ५४

प्रतिक्रिया