बरुण हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

मंगलबार, ११ कार्तिक २०८२, १३ : ०२

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामी बिक्रीमा राखेको अवितरित हकप्रद सेयरहरूको कात्तिक २ गते बाँडफाँड सम्पन्न भएको छ। 

कम्पनीले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म अवितरित हकप्रद सेयरहरू सर्वसाधारणका लागि लिलामीमार्फत बिक्री खुला गरेको थियो। उक्त अवधिमा सर्वसाधारण समूह अन्तर्गतका कुल २ लाख ३८ हजार ४ सय ४३ कित्ता सेयर लिलामीमा राखिएको थियो।

लिलामीमा परेको बोलपत्र असोज २८ गते खोलेपछि मूल्यांकनन कार्य सम्पन्न गरिएको थियो। मूल्यांकनका आधारमा यस लिलामीको कट–अफ मूल्य प्रति सेयर २८४ रुपैयाँ ६० पैसा कायम भएको बिक्री प्रबन्धकले जनाएको छ।

सो मूल्यभन्दा बढी दरमा आवेदन दिने आवेदकले मागअनुसार सेयर प्राप्त गरेका छन् भने ठीक २८४.६० रुपैयाँमा आवेदन दिने आवेदकलाई समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको हो।

बाँडफाँडमा नपरेको रकम कार्तिक १२ गतेदेखि सम्बन्धित आवेदकहरूको बैंक खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।

 
मंगलबार, ११ कार्तिक २०८२, १३ : ०२

प्रतिक्रिया