काठमाडौं– विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेपछि नेकपा(माओवादी केन्द्र)का नेता राजन दाहालले प्रश्न गरेका छन् । उनले यही बाटोमा आउने भए विगतमा किन पार्टी विभाजन गरेको भन्दै प्रश्न गरेका हुन् ।
दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्द र मजबूत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता,कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ?’
साथै उनले विगतमा क्रान्तिको नाममा प्रचण्ड लगायतका नेताहरुलाई मार्न किन बम बिछ्याएको भन्दै प्रश्न गरेका छन् । उनले अरु पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराएको भनेर समेत प्रश्न उठाएका छन् ।
दाहालले भनेका छन्, ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?’
उनले लेखेका छन्–
अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्द र मजबूत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता,कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ?
श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?
आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत) बनाउनु पर्ने बाध्यता किन सृजना गरेको ? अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सृजना गर्न खोजेको हो ?
वार्ता टोलीमा नाम र चुनाब चिन्हको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ?नामको प्रस्तावक को हो,त्यो त अवगत नै होला।
गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ? बिचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहदारहदै विना जानकारी ओलीजी सँग पनि एकताको लागि संवाद किन शुरू गरेको ?
यही बीचमा दर्जनौ पटक राजावादीहरूसँग गोप्य वार्तामा वस्नुको कारण के हो ? आफ्नो उत्पादन भन्दै पारिबाट आलु ल्याइ थपेर किन बेचेको ? लगायत दर्जनौ यक्ष प्रश्नको जवाफ त दिनै पर्छ महोदय ।
इतिहास प्रति न्याय गर्न पनि आत्म समिक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नु पर्ला नि। नैतिक जिम्मेवारी पनि लिनै पर्ला नि ।
प्रतिक्रिया