काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार २० गते एकता प्रक्रियासम्बन्धी एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा हुनेछ ।
बैठकमा पार्टी एकतापछि नयाँ दल दर्ता प्रक्रिया र त्यसको तयारीबारे पनि विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया