काठमाडौं– नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्।मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गरेर उनले माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् ।
उनले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टी एकता गर्ने अधिकार नभएको बताएका छन् । प्रतिस्पर्धा गर्न नदिने र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरेको आरोप उनले लगाए ।
शर्माले भने, ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ । त्यसको अधिकार क्षेत्रभित्र नै छैन। त्यो आयोजक समितिले पाउँदै पाउँदैन। आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो ।’



प्रतिक्रिया