अपडेट

नेपाली कम्युनिस्ट पार्टीद्वारा ९ प्रस्ताव अनुमोदन, २३ बुँदे घोषणापत्र सार्वजनिक

बुधबार, १९ कार्तिक २०८२, १७ : १९

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । 

बुधबार भृकुटीमण्डपमा आयोजित संयुक्त सम्मेलनबाट निर्णय भएको ९ वटा प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाएका हुन् । संयुक्त राष्ट्रिय सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ ।

प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।

२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।

४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।

८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।

९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।

एकतापछि पार्टीको घोषणापत्र पनि सार्वजनिक गरिएको छ । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्र:

WhatsApp Image 2025-11-05 at 5.11.25 PM (2)WhatsApp Image 2025-11-05 at 5.11.26 PMWhatsApp Image 2025-11-05 at 5.11.25 PM (1)ef701ddd-51dd-4582-90dd-da0b2f23574d

 

 

 

 
बुधबार, १९ कार्तिक २०८२, १७ : १९

प्रतिक्रिया