‘नेपाली कम्युनिस्ट पार्टी’ले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

विहीबार, २० कार्तिक २०८२, १४ : २८

काठमाडौं- विभिन्न १० दल मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका १० वटा वाम घटकबीचको एकतापछि नवगठित नेपाली कम्युनिष्ट पार्टीले चुनाव चिह्न पाँचकुने तारा राखेर आज निर्वाचन आयोगमा निवेदन दिएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएका छन् ।

 
विहीबार, २० कार्तिक २०८२, १४ : २८

प्रतिक्रिया