जनार्दन, घनश्याम र विप्लवले गरे सहकार्यको उद्घोष, भने- बृहत मोर्चावन्दीका लागि पहलकदमी लिन आवश्यक

शुक्रबार, २१ कार्तिक २०८२, १९ : १६

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले सहकार्य गर्ने जनाएका छन् । 

राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको बताउँदै शुक्रबार नेता त्रयले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहकार्य गर्ने बताएका हुन् । 

सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न संकल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।


 

शुक्रबार, २१ कार्तिक २०८२, १९ : १६

प्रतिक्रिया