माछापुच्छ्रे बैंकको ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आइतबार, २३ कार्तिक २०८२, १४ : ११

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंको सुन्धारास्थित बाघ दरबार जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको सेयर विभागमा बुझाउनु पर्नेछ।

 
आइतबार, २३ कार्तिक २०८२, १४ : ११

प्रतिक्रिया