बन्दीपुर केबलकारको सेयर नेप्सेमा सूचिकृत

सोमबार, २४ कार्तिक २०८२, १४ : ३८

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचिकृत भएको छ। 

सोमबार कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता सेयर गरी कुल २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। 

सोही रेञ्जका आधारमा भोलि मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ। 

 
सोमबार, २४ कार्तिक २०८२, १४ : ३८

प्रतिक्रिया