भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै

सोमबार, २४ कार्तिक २०८२, १५ : २३

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् ।

मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधबार हुने भएको छ ।

बुधबार दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने भएको हो ।

 
सोमबार, २४ कार्तिक २०८२, १५ : २३

प्रतिक्रिया