समाजवादी मोर्चाको औचित्य सकियो, विप्लवले गरे बाहिरिएको घोषणा

बुधबार, २६ कार्तिक २०८२, ०९ : २०

काठमाडौं– समाजवादी मोर्चाबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अलग भएको छ । पार्टी महासचिव विप्लव सीले आज एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका हुन्।

‘२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्‍यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो सम्भव बनेन।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’

582061790_1264890525663754_5604731095331825831_n_n9vfhUl8oB
 
बुधबार, २६ कार्तिक २०८२, ०९ : २०

प्रतिक्रिया