साना किसान विकास लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

बुधबार, २६ कार्तिक २०८२, १२ : ३३

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कात्तिक २६ गते बिहानै बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) समेत गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ। 

कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ रहेको छ।

 
बुधबार, २६ कार्तिक २०८२, १२ : ३३

प्रतिक्रिया