माओवादीका १० नेताद्वारा पार्टी परित्याग, ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सामेल हुने घोषणा (विज्ञप्तिसहित)

बुधबार, २६ कार्तिक २०८२, १६ : ४८

काठमाडौं– तत्कालीन नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति एवं प्रवास समितिमा रहेका १० जना नेताहरुले नवगठित नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने निर्णय गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्यहरु लक्ष्मण पन्त र ओम शर्मासहित १० जना प्रवास समितिमा कार्यरत नेताहरुले एकतामार्फत माओवादी आन्दोलनको गौरवशाली इतिहासलाई नामेट पार्न खोजिएको बताउँदै त्यसमा सहभागी नहुने बताएका हुन् । 

प्रवास समितिका १० नेताहरुद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हजारौं शहीदहरुको रगतबाट स्थापित पार्टीलाई ‘चुनाव जित्ने, सरकार बनाउने र राज्यका साधन स्रोतहरुको दोहन गर्ने र भ्रष्टाचार मच्चाउने’ साधनका रुपमा दुरुपयोग गरिएको छ । यसरी माओवादी आन्दोलनको गौरवशाली इतिहासलाई जरैदेखि नामेट पार्न खोजिएको छ ।’

साथै प्रवास समतिका नेताहरुले एकता प्रक्रियामा सहभागी नभएर पार्टीका नेताद्वय जनार्दन शर्मा र राम कार्कीद्वारा गठित ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’मा आबद्ध भएको घोषणा समेत गरेका छन् । 

‘पार्टीलाई विघटन गरेर माधव नेपालको पार्टीमा माओवादी आन्दोलनलाई विसर्जन गरी बनाइएको ‘नेपाली कम्युनिष्ट पार्टी’सँग कुनै सम्बन्ध नराख्ने घोषणा गर्दछौं ।,’विज्ञप्तिमा भनिएको छ,‘साथै जेन्जी आन्दोलनको भावना र चाहना अनुरुप देशभक्त, वामपन्थी, जनतान्त्रिक, प्रगतिशील र जनमुखी शक्तिहरुलाई नयाँ बाटोमा गोलबन्द गर्न निर्माण गरिएको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’मा आबद्ध भएको घोषणा गर्दछौं ।’

विज्ञप्ति:

 
 
 
 
 
 
बुधबार, २६ कार्तिक २०८२, १६ : ४८

प्रतिक्रिया