काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन् ।
संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका १३८ सदस्यीय समितिमा समावेश विवरणबारे केही भ्रम देखिएकाले त्यसमा स्पष्ट हुन अनुरोध गरेको हो ।
‘यसैक्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचनको प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको थियोे । दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणहरूबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।, प्रचण्डको सचिवालयले जानकारी गराएको छ, ‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन्। यसका लागि गृहकार्य भइरहेको छ । एकीकृत पार्टीको केन्द्रीय समितिसहितका सबै संरचना समेत यही प्रक्रियाअनुसार टुंगो लाग्नेछ।’
प्रतिक्रिया