नेकपाको १३८ सदस्यीय केन्द्रीय समिति : विना र रेणु समेटिँदा छुटे अधिकांश सिनियर नेताहरु (सूचीसहित)

शुक्रबार, २८ कार्तिक २०८२, १३ : ०७

काठमाडौं– नेकपा( माओवादी केन्द्र) र एकीकृत समाजवादी लगायत अन्य दश वाम घटकहरु समाहित भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा १३८ सदस्यीय केन्द्रीय समितिको सूची पेश गरेको छ । 

अयोगमा बुझाएको सुचीमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक रहेका माधव नेपालसहित तीन नम्बरमा एकीकृत समाजवादीकै झलनाथ खनाल, चार नम्बरमा बामदेव गौतम, पाँचौँमा माओवादीका नारायणकाजी श्रेष्ठ, छैटौँमा अग्निप्रसाद सापकोटा, सातौँमा कृष्णबहादुर महरा, आठौँमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा बेदुराम भुसालको नाम छ ।

प्रचण्डकै परिवारबाट बुहारी विना मगर समेटिँदा अधिकांश माओवादी जनयुद्धकालीन नेताहरु छुटेका छन् । वैतडीकी रेनु चन्दलाई समेत नवागठित केन्द्रीय समितिमा समावेश गरिँदा देशभरका अधिकांश सिनियर माओवादी नेताहरुलाई भने छुटाइएको छ । 

 
 
 
शुक्रबार, २८ कार्तिक २०८२, १३ : ०७

प्रतिक्रिया