काठमाडौं– रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक समेत रहेका परियारले नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेको बताएका छन् ।
उनले आजै पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको जनाएका छन् ।

प्रतिक्रिया