काठमाडौं- प्रगतिशील राष्ट्रिय अभियान नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र रास्वपाबाट अलग भएका सन्तोष परियारबीच पार्टी एकता गर्ने निर्णय गर्दै ५ बुँदे सहमति भएको छ ।
प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती, नेसपा(नयाँ शक्ति)का संयोजक दुर्गा सोव र आजै रास्वपा परित्याग गरेका विघटित प्रतिनिधिसभाका सांसद समेत रहेका सन्तोष परियारबीच बिहीबार एकता एवं ध्रुवीकरण गर्ने निर्णय गर्दै पार्टी एकता गर्ने सहमति भएको हो । ।
तीन नेता द्वारा हस्ताक्षरित५ बुँदे सहमतिपत्रमा भनिएको छ,'देशको गम्भीर अर्थ राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा चुनौतीपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियारबिच ५ बुँदे सहमति सम्पन्न भएको छ ।'
प्रगतिशील अयिभान नेपाल, नेसापा(नयाँशक्ति) र सन्तोष परियारबीच मंसिर ७ गते पार्टी एकता समेत गर्न लागिएको ५ बुँदे सहमतिमा उल्लेख छ ।‘मंसिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ’, सहमति पत्रमा भनिएको छ ।

प्रतिक्रिया