जनार्दन शर्माकै पक्षमा उभियो सिंगै मुसिकोट नगर कमिटी, प्रचण्डको एकता प्रक्रियामा नजाने घोषणा (विज्ञप्तिसहित)

शनिबार, २९ कार्तिक २०८२, १० : १५

काठमाडौं- नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमको मुसिकोट नगर कमिटीले प्रचण्डको एकता प्रक्रियामा नजाने घोषणा गर्दै जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’ मा सामेल हुने निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै माओवादी नगर कमिटीका अध्यक्ष दलबहादुर खड्काले शर्माको अभियानमा जोडिएर विकृति, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गरिसकेपछि महान् जनयुद्ध र जनआन्दोलनलाई आत्मसात् गरेर नयाँ विचार, नयाँ कार्यभारसहित युवाहरूको अपनत्व हुने गरी हामी नयाँ पार्टी निर्माण हुनुपर्छ भन्ने दृष्टिकोणमा छौं ।’

अध्यक्ष खड्काले सिंगो नगर कमिटी प्रचण्डको नाटकीय एकता प्रक्रियामा नजाने र माओवादीका सङ्गठित नेता तथा कार्यकर्ताहरूलाई समेत एकताको नाटकमा सहभागी नहुन अपिल गरेका छन् ।

शनिबार, २९ कार्तिक २०८२, १० : १५

प्रतिक्रिया