माओवादी केन्द्रका केन्द्रीय सदस्य बलम्पाकी र दाहालद्वारा पार्टी परित्याग, ‘प्रगतिशील राष्ट्रिय अभियान’मा जाने

शनिबार, २९ कार्तिक २०८२, १२ : ४२

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरू टेक बहादुर बलम्पाकी र सीता दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

उनीहरुले पार्टी परित्याग गर्दै ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ मा आवद्ध हुने घोषणा गरेका हुन्।

दुवै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै झन्डै चार दशकदेखि वाम-लोकतान्त्रिक आन्दोलनमा समर्पित भएर अघि बढेको राजनीतिक यात्राले पछिल्ला वर्षमा गम्भीर निराशा उत्पन्न गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक राजनीतिमा देखिएको चरम विकृति, भ्रष्ट आचरण र त्यसले राष्ट्र तथा जनतालाई पारेको बहुआयामिक संकटलाई यथास्थितिमा बोकेर हिँड्न नसक्ने निर्णयमा पुगिएको हो।’

‘भाद्र २३ र २४ गतेको युवा विद्रोहपछि नेपालको राजनीतिक दल, राज्यका संरचना र समाजको पुनर्संरचनाको ध्येय स्पष्ट भए पनि त्यसो हुने बाटोमा गएन,’  विज्ञप्तिमा भनिएको छ ।
 
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी मिलेर गठन भएको प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’ मा समाहित हुने निर्णयमा आफूहरू सहमत हुन नसक्ने भएकाले पार्टीबाट अलग हुने निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ । 

pr

 
 
 
 
शनिबार, २९ कार्तिक २०८२, १२ : ४२

प्रतिक्रिया