काठमाडौं– राजावादी अभियान्ता दुर्गा प्रसाईले नयाँ दल दर्ताका लागि निवदेन दिएका छन् । उनले यही कात्तिक २३ गते नै निवेदन दिएका उनले आफ्नै स्वकीय सचिवको नेतृत्वमा नयाँ दल दर्ता गर्न लागेका हुन् ।
आइतबार उक्त पार्टीका पदाधिकारी आयोगमा उपस्थित भएर सनाखत गरेका छन् । ‘नागरिक बचाउ दल, नेपाल’को सभापतिमा झापाका माधवप्रसाद खतिवडा छन् । उनी प्रसाईकै स्वकीय सचिव हुन् । यसैगरी उपसभापतिमा काठमाडौंका ईश्वरीप्रसाद भट्टराई र झापाका देवीप्रसाद संग्रौला छन् ।
महामन्त्रीमा झापाकै प्रेमकुमार थाम्सुहाङ छन् । सहमहामन्त्रीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का विष्णु क्षेत्री छन् । कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल छिन् । प्रवक्तामा पाल्पाका प्रेम थापामगर छन् ।
सदस्यहरूमा भक्तपुरका रामकुमार कार्की, काभ्रेपलाञ्चोकका प्रविन लामा, ललितपुरका शक्तिराज शाही, काठमाडौंका दिवाकरमान सिंह बस्नेत, मोरङकी लुजा राई, झापाकी रेनुकादेवी खरेल, दोलखाकी तुलसाकुमारी खत्री, पर्साका राजेन्द्रबहादुर दमाईं, काठमाडौंका विजय थापा छन् ।
यसैगरी, सदस्यमा गुल्मीका तेजिन्द्र रायमाझी, धनुषाका हरदेव महतो, रामेछापका बलबहादुर तामाङ, भक्तपुरका नवराज दुलाल, तनहुँकी दानुमाया थापा, दाङकी रेणु हमाल शाही, धनुषाका दिनेश पाख्रिन, ललितपुरका राजु श्रेष्ठ र उदयपुरका पुष्पराज भण्डारी छन् ।
प्रतिक्रिया