नेपाली कम्युनिस्ट पार्टीको देशका सबै प्रदेशमा एकता सन्देश सभा कार्यक्रम घोषणा

सोमबार, ०१ मंसिर २०८२, १८ : २९

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने नेकपाको प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्ति अनुसार प्रदेशस्तरीय एकता सन्देश सभाहरू मंसिर १२ गतेदेखि २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्। 

सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, संघीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ ।

त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रमसमेत तय गरिएको छ।  पार्टीले मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको समन्वयमा देशका सबै जिल्लामा एकता सन्देश सभा सञ्चालन गरिने जनाएको छ ।

साथै, मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय तहमा एकसाथ एकता सन्देश सभा गर्ने निर्णय भएको छ। सबै तहका सभाहरूको आयोजना तथा व्यवस्थापन सम्बन्धित प्रदेश, जिल्ला र स्थानीय तहका कार्यालयले गर्ने प्रेस विज्ञप्तिमा इएको छ । 

 

 

bcf458d9-184d-42da-a365-0b3b85b14b8c
 

 

 

 
सोमबार, ०१ मंसिर २०८२, १८ : २९

प्रतिक्रिया