काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो बस्दैछ। बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले सचिवालय बैठकमा जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
यसैगरी बैठकमा महाधिवेशन आयोजनाका लागि उपसमिति निर्माण, आमनिर्वाचन, मधेशको राजनीतिक घटनाक्रम, मंगलबार बारामा भएको घटनाको समेतमा छलफल हुनेछ। एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ।
नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया