अखिल(क्रान्तिकारी)का निर्वाचित महासचिवले पनि छाडे प्रचण्डको साथ, प्रगतिशील अभियानमा सहभागी हुने घोषणा

विहीबार, ०४ मंसिर २०८२, १० : ३०

काठमाडौं– विघटित नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय महासचिव रोशन थापा मगरले पद त्याग गरेका छन् । गत २३ औं राष्ट्रिय सम्मेलनबाट संगठनको महासचिवमा निर्वाचित भएका उनी बिहीबार सामाजिक सञ्जालमार्फत पद त्यागको घोषणा गर्दै प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, विगत १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु । भाद्र २३(२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रुपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित अन्य दश वाम घटकहरुको एकता पछि गठित नेपाली कम्युनिष्ट पार्टीमा माओवादीका जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरु सहभागी नभएर प्रगतिशील राष्ट्रिय अभियान नेपाल गठन गरेका छन् । उक्त अभियानमा एकता प्रक्रियाप्रति असहमत हुने समाहित हुने क्रम चलिरहेको छ । 

 
विहीबार, ०४ मंसिर २०८२, १० : ३०

प्रतिक्रिया