मनऋषि धितालले पनि छाडे प्रचण्डको साथ, भने– नेतृत्वप्रति आस्था र विश्वास गुम्यो

शुक्रबार, ०५ मंसिर २०८२, १६ : ३१

काठमाडौं– विघटित नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मनऋषि धितालले पनि प्रचण्डको साथ छाडेका छन् ।पछिल्लो समय प्रचण्डले एकीकृत समाजवादीसहति अन्य वाम घटकहरुसँग एकता एकता प्रक्रिया अगाडि बढाएपछि त्यसप्रति असहमति जनाउँदै पूर्वमाओवादीका नेताहरुको पार्टी छाड्ने क्रम चलिरहेको छ ।

उनले आजै माओवादी केन्द्रसहित अन्य दश घटक मिलेर बनेको नेकपामा समाहित नहुने घोषणा गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।धितालले आज एक विज्ञप्ति जारी गर्दै तीन दशकको सहकार्य स्थगित गर्दा भावुक भएता पनि शून्यबाटै नितान्त नवीन राजनीतिक मार्ग निर्माणको नयाँ यात्राको यात्री बन्ने संकल्प गर्दा गौरवान्वित पनि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘तीन दशकको सहकार्य स्थगित गर्दा भावुक भएता पनि शून्यबाटै नितान्त नवीन राजनीतिक मार्ग निर्माणको नयाँ यात्राको यात्री बन्ने संकल्प गर्दा गौरवान्वित पनि भएको छु ।’

जेनजी विद्रोहको उपज वर्तमान पार्टी नेतृत्व रहेको विषयमा विगतदेखि नै पार्टीमा धारणा राख्दै आएको बताउँदै उनले अब सो नेतृत्वप्रति विश्वास गुमेकाले पार्टीमा बस्न उचित नरहेको जनाएका छन् । 

धितालले भनेका छन्, ‘पछिल्लो राजनीतिक परिस्थिति बिशेषतः नव युवा(जेनजी)हरुको क्रान्तिकारी आन्दोलनले नैतिक तथा भौतिक रुपमा हाम्रो पुरानो राजनीतिक अवस्थिति भत्काएको र यो परिस्थिति आउनुमा स्वयं कमरेड संयोजक लगायतका शीर्ष राजनीतिक नेताहरुको मुख्य भूमिका रहेको कुरा गत केन्द्रीय समितिको बैठकमा फरक धारणाको रुपमा आफ्नो मत राखेको पनि स्मरण गराउँदै अब सो नेतृत्व प्रतिको पुरानो आस्था र बिस्वास गुमेकाले यो स्थानमा रहिरहनु नैतिक र राजनीतिकरुपले उचित छैन ।’ 

 

 

 

 
 
 
 
शुक्रबार, ०५ मंसिर २०८२, १६ : ३१

प्रतिक्रिया