सेयर बजार

साताभर १४.४२ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, ०६ मंसिर २०८२, १२ : १०

काठमाडौं- यस साता नेप्से परिसूचक १४.४२ अंकले बढेर २५६०.१५ विन्दुमा आईपुगेको छ। गत साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से यो साता १४.४२ अंक घटेर २५६०.१५ विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमध्ये २ करोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता औसतमा ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ३ अर्ब ८९ करोडको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ९४ करोडको भयो । मंगलबार ४ अर्ब १० करोड, बुधबार ३ अर्ब ७७ करोड तथा बिहीबार ४ अर्ब ६८ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ५.१५ अंकले घटेर २५४०.५७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से १५.७० अंकले बढेर २५६६.०७ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से ०.९३ अंकले घटेर २५६०.१५ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार ४९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

 
शनिबार, ०६ मंसिर २०८२, १२ : १०

प्रतिक्रिया