काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ। काठमाडौंकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो ।
संविधान र लोकतन्त्रका लागि भनिएको प्रदर्शन पार्टीको बागमती प्रदेश कमिटीले गरेको हो । र्यालीपछि आयोजित जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् ।
यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा र्याली सम्पन्न गरिसकेको छ। यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरेको थियो ।
प्रतिक्रिया