सुशीला सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैन : ओली

शनिबार, ०६ मंसिर २०८२, १६ : ०७

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन् । 

शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित जन प्रदर्शन तथा जनसभामा बोल्दैअध्यक्ष ओलीले अदालतले कुनैपनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठह-याउन नसक्ने जिकिर गरे ।

 हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो सरकारलाई संवैधानिक ठह-याउन सक्ने अवस्था नरहेको समेत बताए । उनले वर्तमान सरकार लोकतन्त्र विरुद्ध निर्माण गरिएको आरोप लगाए । 

अध्यक्ष ओलीले मुलुकमा विद्यमान राष्ट्रिय संकट समाधान गर्ने कामको नेतृत्व एमालेले गर्ने समेत बताए । 
 

 
 
शनिबार, ०६ मंसिर २०८२, १६ : ०७

प्रतिक्रिया