सेयर बजार

प्रि ओपन सेसनमा २.०५ अंकले बढ्यो नेप्से

आइतबार, ०७ मंसिर २०८२, १० : ५५

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०५ अंक बढेर २५६२.३४ विन्दुमा पुगेको छ। 

यस सेसनमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५२ कम्पनीको ५० हजार ९११ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
आइतबार, ०७ मंसिर २०८२, १० : ५५

प्रतिक्रिया