प्रलोपाको राजनीतिक प्रतिबद्धता सार्वजनिक, यस्तो बन्यो अध्यक्ष परिषद (पूर्णपाठ)

आइतबार, ०७ मंसिर २०८२, १७ : ५२

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)घोषणासहित राजनीतिक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । आइतबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीको चुनाव चिन्ह आँखा प्रस्ताव गरिएको छ ।

अध्यक्ष परिषदमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल छन्। डा बाबुराम भट्टराई र जनार्दन शर्मा भने परिषदमा रहने छैनन्।

सुदन किराँती  जनार्दन शर्मासहित माओवादी केन्द्रबाट एकता प्रक्रियामा सहभागी नभएर प्रगतिशील राष्ट्रिय अभियानमा लागेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक रहेका सन्तोष परियार पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका हुन्। ओजस्वी भट्टराई जेनजी आन्दोलनकी एक अगुवा हुन्। उनी जेनजी आन्दोलनमा अगुवाको रुपमा आन्दोलनमै सरिक रहेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले औपचारिक रुपमा घोषणा गरेको पार्टीमा १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको पार्टीले समावेशी नेतृत्व र सामूहिक भावनाका साथ अघि बढ्ने उद्देश्य राखेको प्रतिबद्धता पत्रमा उल्लेख  छ ।   

 

आइतबार, ०७ मंसिर २०८२, १७ : ५२

प्रतिक्रिया