सेयर बजार

नेप्सेमा ५०.४४ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

सोमबार, ०८ मंसिर २०८२, १५ : ११

काठमाडौं- साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा कायम भएको छ । 

आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । आज २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

capturewe

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २४ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमाको २४ करोड ४३ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी, बन्दीपुर केबलकार र स्वस्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

माबिलुङ इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ४ प्रतिशतका दरले गुमाएका छन् ।

 
 
 
सोमबार, ०८ मंसिर २०८२, १५ : ११

प्रतिक्रिया