काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बन्दीपुर केबलकारको सर्वाधिक २६ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
जोशी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ४.९६ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया