काठमाडौं- साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ९५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएनए इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको २६ करोड ७५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र स्वास्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
बोटर्लस नेपालका लगानीकर्ताले आज सर्वाधिक ३.९४ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया