सेयर बजार

प्रि ओपन सेसनमा ४.५० अंकले बढ्यो नेप्से

विहीबार, ११ मंसिर २०८२, १० : ५२

काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। 

यस सेसनमा ३६ लाख ७ हजार ९१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ६० कम्पनीको ८ हजार ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

 
विहीबार, ११ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया