हिमालयन बैंकको ऋणपत्र साउन २ गतेदेखि बजारमा

४ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंकले ३० लाख कित्ता ऋणपत्र साउन २ गतेदेखि खुला गर्ने भएको छ । 

बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई विक्री गर्न लागेको हो ।

सर्वसाधारणको लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ११ लाख ४० हजार ऋणपत्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म रहेको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ भने आवेदकले नेपाल धितोपत्र बार्डबाट स्वीकृति पाएका सि आस्बामा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया