काठमाडौं- साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ । आज १३१ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनआरएनको सर्वाधिक ४० करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
हिम स्टार ऊर्जाका लगानीकर्ताले आज सर्वाधिक ७.७८ प्रतिशतका दरले गुमाएका छन् ।
प्रतिक्रिया