सेयर बजार

साताभर ११५.८८ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

शनिबार, १३ मंसिर २०८२, ११ : ३७

काठमाडौं- यस साता नेप्से परिसूचक ११५.८८ अंकले बढेर २६७६.०३ विन्दुमा आईपुगेको छ। गत साता २५६०.१५ विन्दुमा बन्द भएको नेप्से यो साता ११५.८८ अंक बढेर २६७६.०३ विन्दुमा पुगेको हो ।

यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। जसमध्ये यस साता सबै  कारोबार दिन नेप्से बढेको थियो।

यस साता औसतमा ६ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार ६ अर्ब २८ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ३ करोडको भयो । मंगलबार ५ अर्ब ८२ करोड, बुधबार ६ अर्ब ६९ करोड तथा बिहीबार ६ अर्ब ६६ करोडको सेयर कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोडरुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ५.३२ अंकले बढेर २६५५.९ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ९५  कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । 

साताको अन्तिम अर्थात् पाँचौ कारोबार दिन नेप्से १०.४३ अंकले बढेर २६७६.०३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

 
शनिबार, १३ मंसिर २०८२, ११ : ३७

प्रतिक्रिया