काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको पार्टीको विस्तारित बैठकले भ्रष्टाचार विरोधी अभियान देशैभरि चलाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
जीएस गुरूङको संयोजकत्वमा जटिल कार्की, अमित खनाल (ऊर्जा), सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दीपक महतो सदस्य छन् ।
बैठकले प्रलोपासँग बृहत एकता, ध्रुवीकरण र सहकार्यका लागि सबै प्रगतिशील, लोकतान्त्रिक र देशप्रेमीहरूलाई आह्वान पनि गरेको छ।
प्रतिक्रिया