काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीको संगठनात्मक नीति र राजनीतिक प्रतिवेदन हेरफेर र परिवर्तन नहुने बताएका छन् ।
ओलीले महाधिवेशनमा राजनीतिक प्रतिस्पर्धा गर्न खुला छाडिने समेत बताएका छन् । आइतबार पार्टी कार्यालयमा महाधिवेशनको लोगो सार्वजनिक गरेपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा सेन्टिमेन्टलको कुरा हुँदैन, प्रतिस्पर्धा खुला हुन्छ । प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ’, ओलीले भने– ‘तर अध्यक्षको हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छाड्नुपर्छ र जसले बस्नुपर्छ सहमतिका साथ गरौँ ।’
ओलीले एमालेमा डेमोक्रेसी छैन भन्ने गरिए पनि उनले एकताबद्ध भएर जानुपर्ने भन्दै एक अर्कामा आलोचना वा खुइल्याउने काम नगर्न आग्रह गरे ।
प्रतिक्रिया