शेयर बजार

पाँच कम्पनीको शेयरमूल्य बृद्धि, कसको कति बढ्यो ?

आइतबार, १४ मंसिर २०८२, १५ : ४१

काठमाडौं- साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ । जसमा आज पाँच कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

आइतबार सागर डिस्टीलरी, निफ्रा ग्रिन इनर्जी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । 

बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद(बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 
आइतबार, १४ मंसिर २०८२, १५ : ४१

प्रतिक्रिया