सेयर बजार

प्रि ओपन सेसनमा १.१८ अंकले घट्यो नेप्से

सोमबार, १५ मंसिर २०८२, १० : ५९

काठमाडौं- साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा १.१८ अंक घटेर २६४८.३४ विन्दुमा झरेको छ।  

यस सेसनमा ६८ लाख ४२ हजार ९६४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५० कम्पनीको १७ हजार ९६९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
 

 
सोमबार, १५ मंसिर २०८२, १० : ५९

प्रतिक्रिया